रुपन्देहीमा श्रीमानले नै गरे श्रीमतिको हत्या, सामाजिक सञ्जाल बन्यो कारण

आइतबार, ३० कार्तिक २०८२

रुपन्देही : रुपन्देही प्रहरीले हत्या आरोपमा फरार रहेका मेलिनाका श्रीमान वीरबहादुर कुँवरलाई पक्राउ गरेको छ। बागलुङ निसीखोला गाउँपालिका–६ का ३२ वर्षीय कुँवरलाई बुटवल बसपार्कबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, घटना कार्तिक २७ गते बिहान सिद्धार्थनगर नगरपालिका–८ लुम्बिनी गेटस्थित होटलमा कार्यरत २० वर्षीया मेलिना परियार आफ्नै स्टाफ क्वार्टरमा मृत भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धानले उनको मृत्यु ‘कर्तव्य गरी हत्या’को श्रेणीमा पर्ने पुष्टि गरेको छ।

शुरुआती बयानअनुसार, मृतक मेलिनाका श्रीमान कुँवर र उनीबीच सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा विवाद हुँदै आएको थियो। प्रहरीको अनुमान अनुसार, घटनाको दिन दुवैबीच झगडा भएको र मादक पदार्थ सेवन अवस्थामा रहेका कुँवरले हत्या गरेका हुन्।

घटना पछि फरार भएका कुँवरलाई प्रहरीले विभिन्न स्रोतबाट प्राप्त सूचनाको आधारमा कार्तिक २८ गते साँझ बुटवल–९ बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए।

कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार