पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो, अब लिटरको कति ?

शुक्रबार, ०२ माघ २०८२

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको छ।

त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगमको सञ्चालक समितिले बिहीबार राति नयाँ मूल्यसूची निर्धारण गरेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार