कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापा निर्विरोध, महामन्त्रीमा 'पौडेल–घिमिरे'

बुधबार, ३० पुस २०८२

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई निर्विरोध चयन गरेको छ। सभापतिमा थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे सर्वसम्मत चयन भएका छन्। घिमिरे यसअघि शेखर कोइराला समूहमा सक्रिय रहँदै आएका थिए। पार्टीभित्र सबै पक्षलाई समेट्ने सहमतिअनुसार उनको नाम महामन्त्रीमा अघि सारिएको हो।

महामन्त्री पदका लागि विश्वप्रकाश शर्माले पनि उम्मेदवारी दिने तयारी गरेका थिए। तर शेखर पक्षलाई समेट्ने सहमति बनेपछि शर्मा पछि हटेका हुन्। अर्का महामन्त्रीमा चयन भएका प्रदीप पौडेल यसअघिल्लो महाधिवेशनमा कृष्ण सिटौला समूहबाट उम्मेदवार बनेका थिए तर पराजित भएका थिए।

अन्य पदाधिकारी पदमा भने पद संख्या भन्दा बढी आवेदन परेकाले निर्वाचन गर्ने वा सर्वसम्मत गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल जारी रहेको छ।

यद्यपी निर्वाचन समितिले आधिकारिकता दिइसकेको भने छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार