धरान : धरान उपमहानगरपालिका–११ स्थित पुण्यमार्गमा खुकुरी प्रहारबाट एक पुरुषको मृत्यु भएको छ।
खुकुरी प्रहारबाट धरान–११ का ३५ वर्षीय रूपक राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ६:३० बजेतिर राई आफ्नै घरभित्र खुकुरी प्रहार गरी मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मृतकको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा मृतकका मामाको छोरा ३३ वर्षीय रविन राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया