जंगलबाट रुख चोर्न नदिँदा चौकिदारको बिभत्स हत्या

विहीबार, २४ पुस २०८२

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत चौकीदार रामेश्वर महतो कोईरीको हत्या आरोपमा प्रहरीले रामबलि महतो नामक व्यक्तिलाई पक्राउ गरेको छ।

घटनाअनुसार, गत पुस १९ गते बिहान ५ बजे सागरनाथ वन विकास परियोजनाका चौकीदार रामेश्वर महतो कोइरी भक्तपुरस्थित प्लट नम्बर–१० मा एक्लै गस्तीका लागि निस्किएका थिए।

परिवारजनको पटक–पटकको फोनमा जवाफ नआएपछि खोजतलास गर्दा दिउँसो २ः३० बजे जङ्गलभित्र रगताम्य अवस्थामा उनको मृत शरीर फेला परेको थियो।

प्रहरीले घटनास्थलको निरीक्षणमा ‘NEKISOO’ लेखिएको चप्पल र रगत लागेको बन्चरो फेला पारेको थियो। अनुसन्धानका क्रममा चप्पल र बन्चरो रामबलि महतोको भएको पुष्टि भयो। घर खानतलासीमा रगतजस्तो दाग भएको कपडा पनि बरामद भएको छ।

प्रारम्भिक अनुसन्धानमा खुलासा भयो कि रामबलि महतोले जङ्गलबाट टिक र मसलाका रुख चोरी गर्ने गरेको र चौकीदार रामेश्वरले पटक–पटक सम्झाइ–बुझाइ गर्दा केही दिनअघि झगडा पनि भएको थियो। प्रहरीले हत्या आरोपमा रामबलिलाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार