काठमाडौं । नेपाली काँग्रेसमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध संस्थापन पक्ष आक्रामक रुपमा प्रस्तुत हुने भएको छ ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनलाई अगाडी बढाएपछि त्यसलाई काउन्टर दिन पुस २७ र २८ गते नै कार्यक्रम गर्ने भएको छ ।सभापति देउवा निवासमा भएको संस्थापन पक्षका नेताको छलफलमा पुस २७ गते तरुण दलले युवा भेला बोलाउने भएको छ भने पुस २८ गते जिल्ला सभापतिहरुको भेला गर्ने भएको छ ।
महामन्त्रीद्वय थापा र शर्माको सहयोगमा विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा विशेष महाधिवेशन गर्ने घोषणा गरेर महाधिवेशन प्रतिनिधिसहितका नेता कार्यकर्तालाई सहभागिताको लागि आव्हान गरिरहेका छन् ।
यसैबीच विहिबार बिहान नेता डा. शेखर कोइरालाले सभापति देउवासँग भेटवार्ता गरेका छन् । सो भेटमा कोइरालाले पार्टीलाई विभाजन हुनबाट रोक्न र विशेष महाधिवेशनलाई संकल्प सभाको रुपमा परिणत गर्न सभापति देउवालाई आग्रह गरेका थिए ।
आजै काँग्रेसमा देखिएको ध्रुविकरणका विषयमा छलफल गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक ४ बजे बस्दै छ ।
प्रतिक्रिया