कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

आइतबार, २३ कार्तिक २०८२

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने भएको छ । बोर्ड स्रोतका अनुसार ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी गरिएको हो ।

‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले भनेको छ ।  

 कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो । गत ११ साउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी मात्र ग्रेडेड भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार