लागू औषधसहित दमकका दुई युवा पक्राउ

सोमबार, २४ कार्तिक २०८२

झापा : भारतबाट लागूऔषध ल्याउँदै गर्दा झापाको दमकका दुई जना युवा पक्राउ परेका छन्। झापा गाउँपालिका–१ सालमारा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाँघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले प्रदेश १–०१–०१४ प ६९४० नम्बरको स्कुटीमा सवार दुई युवालाई चेकजाँच गर्ने क्रममा लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा दमक–५ का २३ वर्षीय दिपेश ढकाल र दमक–१ का २७ वर्षीय सौगात श्रेष्ठ रहेका छन्।

चेकजाँचका क्रममा उनीहरूबाट करिब १ ग्राम ब्राउन सुगर, प्रयोग गरिएको सिरिन्ज, र नाइट्रोजनको आधा ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार