शेखरले देउवालाई भने- ‘पार्टी फुट्न लाग्यो’

विहीबार, २४ पुस २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी विभाजन हुन लागेको बताएका छन् । उनले विभाजनको डिलमा उभिएको पार्टीलाई जोगाउन एकता आवश्यक रहेको भन्दै सभापति देउवालाई लचिलो हुन आग्रह गरेका छन् ।

आज बिहान देउवा निवास महाराजगञ्ज पुगेका कोइरालाले पार्टीको विवाद अन्त्यका लागि लचिलो बन्ना सभापतिलाई आग्रह गरेका हुन् । नेपाली कांग्रेस विभाजनको संघारमा छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका छन् । अर्कोतर्फ, पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष महाधिवेशनमा सहभागी नहुन नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

संस्थापन पक्षले विधान महाधिवेशनलाई काउन्टर दिन पुस २७ गरे सानेपामा युवा भेला र २८ गते जिल्ला सभापतिहरूको भेला आयोजना गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार