काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला कार्यसमिति विशेष महाधिवेशनको पक्षमा खुल्ने क्रम जारी रहेको छ ।
यसैक्रममा नेपाली कांग्रेस काठमाडौँ पनि विशेष महाधिवेशनको पक्षमा खुलेको छ । कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुज) ले पुस २७ गतेदेखि हुने पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई स्वागत गर्दै विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जनाएका छन् ।
यस कांग्रेसका पाल्पा, अर्घाखाँची, सिन्धुपाल्चोक, उदयपुर, ललितपुर, कास्की, धनकुटा लगायतका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका पक्षमा ऐक्यवद्धता जनाइसकेका छन् ।
प्रतिक्रिया