दमकमा उद्योग र घरमा आगलागी, करिब १ करोड ३० लाखको क्षति

शुक्रबार, २५ पुस २०८२

बनियानी : झापाको दमक नगरपालिका–९ स्थित स्वस्तिक थुप्पा उद्योग र तीनतले घरमा आगलागी हुँदा करिब रु एक करोड ३० लाख बराबरको क्षति भएको छ।

दमक–९ का पदम भण्डारीद्वारा सञ्चालित उद्योगमा आज विद्युत् चुहावटका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्। आगो उद्योग पूर्ण रूपमा जलेर नष्ट हुँदा सोही उद्योगसँगै रहेको घरमा पनि आगो सल्किँदा घरभित्रका सम्पूर्ण सामग्री जलेको छ।

आगो निभाउन दमक, उर्लाबारी, गौरादह, पथरी शनिश्चरे, शिवसताक्षी, कमल गाउँपालिकाका बारुण यन्त्र, स्थानीयवासी र प्रहरीको सहयोग लिइएको थियो।

प्रवक्ता खड्काले आगलागीबाट उद्योग र घर दुवै पूर्ण रूपमा जलेर नष्ट भएको र आर्थिक क्षति करिब रु एक करोड ३० लाख भएको बताएका छन्। प्रशासनले प्रारम्भिक अनुसन्धान थालेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार