पिकनिकबाट फर्किँदै गरेको बस दुर्घटना : तीनको मृत्यु

बुधबार, २३ पुस २०८२

काठमाडौं : पिकनिक खाएर जर्सिङपौवाबाट फर्किँदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका–३, फेदी जंगल क्षेत्रमा दुर्घटनामा परेको छ ।

महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो । बसमा करिब ४० जना यात्रु रहेका थिए । प्रारम्भिक उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ भने अन्य घाइतेहरुको उपचार जारी रहेको छ ।

प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेको र दुर्घटनाका कारणको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार