काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापाको जीवनमा आधारित चलचित्रको विशेष प्रदर्शनमा सञ्चारमन्त्री जगदीश खरेललाई 'कान्छो भाइ' भन्दै केक खुवाएकी छन्।
त्यहाँ रहेका अरुलाई भने 'आफै खानु' भनिन्। राजनीतिक दलमा लागेका र चुनावमा उठ्न तयारी गरेका मन्त्रीहरूलाई राजीनामा गर्न प्रधानमन्त्रीले दबाब दिएको भन्दै मिडियाले लेख्ने गरेका छन्।
त्यसमा सञ्चारमन्त्री खरेलको समेत नाम जोड्दै आएका छन्। खरेलले भने आफू कुनै दलमा आबद्ध नभएको, चुनावमा उठ्ने तय पनि नगरिसकेको बताउँदै आएका छन्।
बरु उनले चुनावी वातावरण बनाउन उच्च राजनीतिक तहमा प्रधानमन्त्री र सरकारका तर्फबाट समन्वय गर्दै आएका छन्। जसका कारण चुनावको वातावरण तीव्र बनेको छ । त्यही कारण प्रधानमन्त्री कार्की सञ्चारमन्त्री खरेलमाथि धेरै भरोसा गर्छिन् । उनलाई औधी माया पनि गर्छिन् ।
प्रतिक्रिया