इटहरीमा भव्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने

शुक्रबार, २५ पुस २०८२
पत्रकार सम्मेलन

इटहरी : नेपाल एकीकरणका अभियान्ता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विगतका वर्ष झै यस वर्ष पनि यही पुस २७ गते सुनसरीको इटहरीमा भव्य रुपमा पृथ्वी जयन्ती मनाइने भएको छ । राष्ट् निर्माता श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्तीको अवसर पारेर सुनसरीको इटहरीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइने पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

 

केशव भट्टरार्यको संयोजकत्वमा  पृथ्वी जयन्ती तथा राष्ट्यि एकता दिवस मुल समारोह समिति गठन गरी  भव्य रुपमा पृथ्वी जयन्ती मनाउन लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा वि.सं.२०६९ साल देखि हरेक वर्ष इटहरीमा राष्ट्निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य रुपमा मनाउदै आएकोमा यस वर्ष पनि भव्य रुपमा मनाउन लागेको जानकारी दिइएको थियो ।

 

र्याली सहित मुल आयोजक समितिको अगुवाईमा इटहरीको मुख्य बजार क्षेत्र परिक्रमा गरी समारोह आयोजना गरिने संयोजक केशव भट्टराईले जानकारी दिए । समारोहमा समाजसेवी सरला कायस्त मुख्य वक्ता रहने साथै पृथ्वी पथ प्रतिष्ठानका संस्थापक अध्यक्ष जयविर सिंह बस्नेत , महेन्द्र बहुमुखी क्याम्पस धरानका पुर्व प्रमुख कुमार बहादुर कार्की , पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बा वक्ताका रुपमा रहेको समेत भट्टराईले बताए । 

 

वक्ताहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको नेतृत्व , व्यक्तित्वका साथै योगदानका विषयमा चर्चा गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार