काठमाडौँ : देशभर पश्चिमी बायुको आंशिक प्रभाव कायमै रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु/कुहिरो लागेको छ । बाँकी तराईका केही स्थानहरूमा पनि हुस्सु देखिएको महाशाखाले जनाएको छ ।
आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्हसम्म हुस्सु/कुहिरो रहने सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ भने देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
प्रतिक्रिया