काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता प्रक्रिया १२ दिनमै टुङ्गिएपछि उज्यालो नेपाल पार्टी (उनेपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक कदम चालेको छ।
उनेपाले प्रत्यक्षतर्फ आफ्नै पार्टीको चुनाव चिह्न लिएर उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई औपचारिक रूपमा उम्मेदवारीका लागि आह्वान गरेको हो।
पार्टी प्रवक्ता डा. राजु थापाका अनुसार शनिवार साँझ सार्वजनिक गरिएको सूचनाअनुसार इच्छुकले पुस ३० गतेसम्म आवेदन दिन सक्नेछन्।
एकता भङ्गसँगै चुनावी तयारीलाई तीव्र बनाएको उनेपाको यो निर्णयलाई आगामी निर्वाचनको रणनीतिक सङ्केतका रूपमा हेरिएको छ।
प्रतिक्रिया