दाङ । माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ । वनबाट दाउरा ल्याउन नसक्ने आमाबुबाका लागि दाउरा लगिदिने चलन थियो ।
माइतीमा दाउरा लैजाने चलन अहिले प्रायः हराएको तुलसीपुर–१८ निवासी फूलमान चौधरीले बताए । उनले भने, “पहिले माघीमा माइतीमा दाउरा लैजाने चलन थियो, अहिले त्यो चलन हराइसकेको छ ।”
आफूहरूले समेत माइतीमा दाउरा लैजाने गरेको भए पनि अहिले त्यो चलन हराएको उनको भनाइ छ ।
अहिले घरघरमा हिटरको समेत प्रयोग हुने तथा पहिलेजस्तो दाउराको समस्या पनि नहुने भएकाले त्यसरी दाउरा लैजाने चलन हराएको हुनसक्ने थारू अगुवा खुसीराम चौधरीले बताए ।
“अहिले घरघरमा हिटर हुन्छ, पहिलेजस्तो समस्या पनि हुँदैन”, उनले भने, “त्यसैले पनि अहिले यो चलन हराएको हुनसक्छ ।”
प्रतिक्रिया