कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

आइतबार, २७ पुस २०८२

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

बन्दसत्रमा पार्टीको समसामयिक राजनीतिक अवस्था, विधानसम्बन्धी विषय तथा आन्तरिक विवादबारे गहन छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको अवस्थामा बोलाइएको यो विशेष महाधिवेशनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार