इटहरी : पूर्वेली न्युजका प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहाललाई पितृशोक परेको छ। उनका बुबा ६८ वर्षीय गोपिरमण दाहालको शनिवार राति निधन भएको हो।
दाहाल पछिल्लो दुई वर्षदेखि मधुमेह (सुगर) रोगबाट पीडित रहँदै उपचाररत थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शनिवार राति उनको देहावसान भएको परिवारजनले जानकारी दिएका छन्।
स्वर्गीय दाहालका दुई छोरा—सुरेशचन्द्र र योगेश—तथा एक छोरी छन्। उनको आजै इटहरीस्थित बुढीगंगा–जमुना मुक्ति घाटमा अन्त्येष्टि (दाहसंस्कार) गरिने परिवारले जनाएको छ।
प्रतिक्रिया