देश र पार्टी जोगाउ विशेष महाधिवेशन अरिहार्य : काँग्रेस नेता कार्की

आइतबार, २७ पुस २०८२
फाइल फोटो

विराटनगर : कोशी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका काँग्रेस नेता केदार कार्कीले देश र पार्टी जोगाउन नेपाली काँग्रेसको विशेष महाधिवेशन आवश्यक रहेको वताएका छन्।

डा.शेखर कोइराला निकट मानिने कार्कीले सामाजिक सञ्जाल फेसबुकमा देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य रहेको लेखेका हुन् । 

नेपाली काँग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मामा अगुवाईमा काठमाडौंको भृकुटीमण्डपमा आज देखि नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन सञ्चालन भई रहेको छ । 

सस्थापनपक्षले नियमित महाधिवेशनमा जोड दिई रहेको समयमा महामन्त्रीद्धयको अगुवाईमा भई रहेको विशेष महाधिवेशनलाई लिएर राजनितिक वित्त काँग्रेस विभाजनको खतरा बढी रहेको चर्चा चलिरहेको समयमा पुर्व क्षेत्रका चर्चित काँग्रेस नेता कार्कीले आफनो धारणा सामाजिक सञ्जालबाट व्यक्त गरेका छन्। 

यता डा. शेखर कोइरालाले आफु प्रधानमन्त्री वा सभापति बन्ने लालचमा नरहेको भन्दै पार्टी एकताको पक्षमा रहेको भिडियो संदेश जारी गरेका छन्। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार