विराटनगर। कोशी प्रदेश सरकार मन्त्री परिषद्को आज बसेको बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ ।
आज बेसको प्रदेश सरकारको मन्त्री परिषद् बैठकले गरेको निर्णयका विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिएका हुन् ।
मन्त्री पराजुलीका अनुसार प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषदको कार्यसम्पादनमा राय सुझाव , सल्लाह र मन्त्रिपरिषदलाई सहयोग गर्न विभिन्न समिति बनाइएको छ। पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली संयोजक रहेको राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली संयोजक रहेको कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकास मन्त्री प्रदिप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति बनाइएको छ।
आजको बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन समेत गरेको छ मन्त्री पराजुले जानकारी दिए । त्यस्तै बैठकले कोशी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई तोकेको समेत जानकारी गराइयो ।
प्रतिक्रिया