नेशनल लाइफ इन्स्योरेन्सद्वारा चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

आइतबार, २३ कार्तिक २०८२

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई लक्षित गर्दै “इलाईट लिडर्स कन्क्लेभ” नारासहित ३ दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम ललितपुरमा सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य पूरा गर्न सफल ५२६ जना अभिकर्तालाई कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा सदस्यता वितरण र सम्मान गरिएको थियो।

कार्यक्रममा मोटिभेसनल ट्रेनर अनिल केशरी शाहले नेतृत्व र सफलता सम्बन्धी प्रशिक्षण दिए भने नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी सत्र सञ्चालन गरे।

अध्यक्ष सिंहले लक्ष्य हासिल गर्न योगदान पुर्‍याउने अभिकर्ताहरुलाई बधाई दिंदै अभिकर्ता सञ्जालको व्यवसायिक विकास कम्पनीको प्रमुख प्राथमिकता हुने बताइन्।

कार्यक्रममा देशभरका उत्कृष्ट ७ जना अभिकर्तालाई विशेष सम्मान र नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार