हात्तीको आक्रमणबाट मोरङमा एक जना घाइते

शनिबार, १२ पुस २०८२
Filephoto

विराटनगर । जंगली हात्तीको आक्रमणबाट मोरङमा एक जना घाइते भएका छन् । सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राईलाई हात्तीले शुक्रबार साँझ ७ः४५ बजेतिर आक्रमण गरेको थियो । 

सुन्दरहरैँचा–६ स्थित लाटी झोडा सामुदायिक वननजिक बाटोमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेर मानबहादुरलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ । 

उनको अवस्था मध्यम छ । दमकल र स्थानीयको सहयोगमा प्रहरीले हात्तीलाई जंगलतर्फ धपाएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार