इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको डुङ्गा डुब्दा छ जना बेपत्ता हुनुका साथै आठ जनाको उद्धार गरिएको जनाइएको छ ।
‘केएम मिना मारिटिम–१४८’ डुङ्गा आइतबार प्रतिकुल मौसमको कारण तालिसायन, बेरौ रिजन्सीको पानीमा डुबेको बताइएको छ । सरकारी समाचार एजेन्सीले खोजी तथा उद्धार कार्यालय प्रमुख डोडी सेतियावानलाई उदृत गर्दै घटनाको पुष्टि गरेको छ ।
संयुक्त उद्धार टोलीले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजीकार्य जारी राखेको जनाएको छ ।
करीव १७ हजारभन्दा बढी टापुहरू भएको द्वीपसमूहको देश इन्डोनेसियामा डुङ्गा यातायातको प्रचलित माध्यम हो यद्दपी विभिन्न कारणले समुद्री दुर्घटनाहरू पटक–पटक दुर्घटना हुने गरेको जनाइएको छ ।
प्रतिक्रिया