उपभोक्ताको सुरक्षालाई मध्यनजर गर्दै प्रिमा ग्यास उद्योगद्वारा जोखिमपूर्ण सिलिन्डर नष्ट

आइतबार, २८ मंसिर २०८२
जोखिमपुर्ण ग्याँस सिलिण्डर नष्ट गरिदै

इटहरी :  विभिन्न कारणले जोखिमपुर्ण बन्न पुगेकाका एल पि ग्याँस सिलिण्डर पुनः उपभोक्तहरु कहाँ नपुगोस भन्ने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको प्रिमा ग्याँस उद्योगले एघार सय भन्दा वढी सिलिण्डर नष्ट गरेको छ । 

उपभोक्ताहरुको भान्सामा दैनिक प्रयोग हुने एल पि ग्याँस सिलिण्डरलाई सधैं सुरक्षित वनाउने उद्धेश्यले समयसमयमा विभिन्न कारणले जोखिमपुर्ण बन्न पुगेका ११ सय ५८ थान प्रिमा ब्राण्डका ग्याँस सिलिण्डर सरोकारवालाहरुको उपस्थितीमा नष्ट गरिएको हो । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड पुरा गरेर उपभोक्तामा ग्याँस सिलिण्डर उपलव्ध गराउने कार्य गर्दै आएको एभरेष्ट ग्याँस संसारले देशभर प्रिमा ग्याँस उद्योग सहित सातवटा उद्योगहरु सञ्चालनमा ल्याइरहेको भारतका विभिन्न रिफाइनरीबाट आयात गरी आफना उद्योगहरुबाट रिफिल गरेर डिपो माफर्त आम उभोक्ता सम्म पुर्याउदै आएको प्रिमा ग्याँस उद्योग प्रालि की प्रबन्धक चन्द्रकला गुरुङले जानकारी दिइन । 

उपभोक्ताहरुको सुरक्षालाई मध्यनजर गर्दै विभिन्न कारणले जोखिमपुर्ण रहेका सिलिण्डरहरुलाई नष्ट गर्ने कार्यमा घरेलु तथा साना उद्योग कार्यालय इटहरीका प्रमुख शंकर आचार्य , नेपाल आयल निगमका विरेन्द्र मिश्र, नामतौल विभागकी अनुजा घिमीरे सहित सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।  

लिकेज भएका प्वाल परेका ,फुटरिगं ,नेकरिगं,हाइड्रो टेष्टमा फेल भएका विभिन्न कारणले प्रयोग गर्न उपयुक्त नदेखिएका सिलिण्डरहरु नष्ट गर्ने कार्य अन्तर्गत यस अघि पनि २०७७ सालमा प्रिमा ग्याँस उद्योगले ६सय ९० थान ग्याँस सिलिण्डर नष्ट गरेको समेत जनाइयो । उद्योगले उपभोक्ताहरुको सुरक्षालाई मध्यनजर गर्दै भान्सामा प्रयोग हुने ग्याँस सिलिण्डर सुरक्षित र सर्वसुलभ तरिकाले उपभोक्ता सम्म पुर्याउने कार्य गर्दै आएको जनाइएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार