कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न कोशी प्रदेश प्रहरी प्रमुख घिमीरेको निर्देशन

बुधबार, २४ मंसिर २०८२
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेको निरीक्षण

विराटनगर :  जिल्ला प्रहरी कार्यालय सुनसरीको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले निरीक्षण गरेका छन । प्रहरी नायव घिमीरेले  निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका सम्पूर्ण शाखाहरुको निरीक्षण सहित उपस्थित मातहतका प्रहरी इकाई प्रमुखहरुलाई विभिन्न निर्देशन समेत दिएका हुन । 


घिमीरेले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै प्रकारको  दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न पनि प्रहरीहरुलाई घिमीरेले  निर्देशन दिए ।

आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न समेत घिमीरेले निर्देशन दिए । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराएका थिए । 


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार