काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चार ठाउँबाट सिफारिस गरिएको छ। उनको नाम काठमाडौं-४ सहित उम्मेदवारका लागि चार ठाउँबाट सिफारिस गरिएको हो।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले आउँदो फागुन २१ मा हुने निर्वाचनका लागि उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेकोहोऽ
काठमाडौं ४ थापाकै निर्वाचन क्षेत्र हो। उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए।
यसअघि थापाको नाम सर्लाही-४, रोल्पा र धनकुटाबाट पनि उम्मेदवार बन्न सिफारिस गरिएको थियो।
प्रतिक्रिया