एमाले जिल्ला सदस्य बिक्रम ऐर सहित ३० जना कांग्रेसमा प्रवेश

सोमबार, २६ माघ २०८२

डडेल्धुरा : आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै समयमा डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई समर्थन गर्दै नेकपा एमालेका जिल्ला सदस्य बिक्रम ऐर लगायत नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। 

अजयमेरु गाउँपालिकाको चमडामा रहेको नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य ऐरको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ३० जना भन्दा बढी नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी ं एमालेका पूर्व जिल्ला कमिटी सदस्य ऐरले मुलुकको निकास र जनताको विकासका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताए ।  ऐरले भने “लामो राजनीतिक अनुभवले मलाई के सिकायो भने, नारामा मात्र सीमित हुने होइन, व्यवहारमा जनताको काम गर्ने पार्टी रोज्नुपर्छ। आजको दिनमा नेपाली कांग्रेस नै त्यस्तो एकमात्र शक्ति हो, जो भरोसायोग्य छ र सधैं जनतासँग नजिक रहेर उनीहरुका सुख–दुःखमा मलम लगाउँछ।“ उनले नैनसिंह महर जस्तो भिजन भएको र केन्द्रमा समेत प्रभाव राख्ने नेतृत्वलाई जिताउनु नै डडेल्धुराको हितमा छ समेत भने ।  

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस तर्फबाट उम्मेदवार नैनसिंह महरले चमडाबाट सुरु भएको यो लहरले फागुन २१ को नतिजा कांग्रेसको पक्षमा आउने सुनिश्चित गरेको बताए ।  महरले भने  “विपक्षी दलका जिम्मेवार नेता बिक्रम जी लगायतका साथीहरुले देखाउनुभएको यो विश्वासले मलाई थप उर्जा मिलेको छ। अजयमेरुवासीले दिएको यो साथले पुष्टि गर्छ कि अब डडेल्धुराले विकास र समृद्धिको एजेण्डा बोकेको कांग्रेसलाई नै रोजिसकेको छ। 

 चमडामा आयोजित उक्त कार्यक्रममा नवप्रवेशीहरुलाई उम्मेदवार महरका साथै नेपाली कांग्रेस डडेल्धुराका पार्टी सभापति भिम बहादुर साउद, पूर्व पार्टी सभापति रघुवर भट्ट र सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री गोबिन्द बोहोरा लगायतले स्वागत गरेका थिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार