अमर नेम्वाङ स्मृति साहित्य पुरस्कारबाट तीन स्रष्टा पुरस्कृत

सोमबार, २६ माघ २०८२

पाँचथर : लेखक साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको  स्मृतिमा स्थापित ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ तीन जना स्रष्टालाई प्रदान गरिएको छ । 

सोमबार फिदिममा एक समारोहको आयोजना गर्दै निबन्धकार तथा पत्रकार दीपक सापकोटा, कवि देवेन्द्र सोक्तेन र लिम्बू याक्थुङ भाषाका साहित्यकार मलिसा याक्थुम्बा लाई यस वर्षको थापित ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ प्रदान गरिएको हो ।

 

पुरस्कृत स्रष्टाहरुलाई जनही ५० हजार रुपैयाँ सहित कदरपत्र र दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथी साहित्यकार नरेन्द्रकुमार केरुङ र पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मी ढुंगानाले सम्मान गरे । वर्ष वितरण गरिएको पुरस्कार सातौँ संस्करणको हो । 

पुरस्कृत सापकोटा कान्तिपुर दैनिकको शनिबारीय परिशिष्ट ‘कोशेली’का संयोजक हुन । यस्तै कवि सोक्तेन र साहित्यकार याक्थुम्बा मोफसलमा रहेर कविता तथा साहित्यिक लेखनमा सक्रिय रहँदै आएका छन । 

उक्त पुरस्कार अघिल्लो वर्ष कृष्ण धरावासी, स्वप्निल स्मृति तथा त्यसअघि श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा. गोविन्दराज भट्टराई, वीर नेम्वाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, बिमला तुम्खेवा र गिरीराज बास्कोटालाई प्रदान गरिसकिएको छ ।

स्वर्गीय नेम्वाङको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष रहेकै समयमा २०७५ सालमा हृदयघात भएर निधन भएको थियो । पुरस्कार वितरण कार्यक्रम संगै हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति र विपदमा परेकालाई सहयोग पनि गरिदै आएको आयोजक अमर नेम्वाङ स्मृति प्रतिष्ठानले जनाएको छ ।
सोहि कार्यक्रममा गत असोज महिनामा भएको अविरल वर्षाको कारण आएको बाढी पहिरोबाट प्रभावित भएका ६ परिवारलाई प्रति परिवार १० हजारका दरले राहत वितरण समेत गरियो । फाल्गुनन्द ३ का मिसेक नेम्वाङ,तुम्वेवा ४ की कान्छिमाया सेर्मा,मिक्लाजुङ ६ का नेहा राई, फाल्गुनन्द ५ का सुजन लिम्बू र सौगात लिम्बू संगै फाल्गुनन्द ३ का राममति राईको परिवारलाई राहत वितरण गरिएको हो ।

यसै गरी सोहि कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका सामुदायिक विद्यालयबाट २०८१ सालको एसइइ परिक्षामा उत्कृष्ठ नतिजा हासिल गरेका तीनजना छात्रछात्रालाई जनहि नगद १० हजार राशीको छात्रबृत्ती प्रदान गरिएको छ । पुरस्कार,सम्मान,छात्रबृत्तीष् वितरण र राहत वितरण हरेक वर्ष माघ २६ गते गरिँदै आएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार