लन्डन : बेलायतमा अध्ययनरत नेपाली युवक युविन तामाङको मृत्यु भएको सडक दुर्घटनामा संलग्नता रहेको कुरा चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयल ९गेट्स० ले स्वीकार गरेका छन् । लन्डन महानगरीय प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गर्दै ४१ वर्षीय स्यामुयलले अत्यधिक गति र लापरबाहीका कारण दुर्घटना भएको बताएका छन् ।
प्रहरीले भनेको छ, “३० माइल प्रतिघण्टा गतिसिमा रहेको सडकमा स्यामुयल ६० माइलभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए । त्यही क्रममा सडक पार गर्दै गरेका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङलाई उनले ठक्कर दिए ।” इल्फोर्ड–रेडब्रिज क्षेत्रमा गत अक्टोबर १८ राति ११स्३० बजे भएको दुर्घटनापछि स्यामुयल घटनास्थलबाट भागेको प्रहरीले पुष्टि गरेको छ ।
ठक्कर दिएर फरार भएका स्यामुयलको घरमा भोलिपल्ट बिहानै गरिएको खोजतलासमा उनीकै नाममा दर्ता र बिमा गरिएको क्षतिग्रस्त कार फेला परेको थियो । ठक्करपश्चात् अस्पतालमा उपचार गराइरहेका तामाङको दुई दिनपछि मृत्यु भएको थियो । गत वर्ष सेप्टेम्बरमा मात्र बेलायत पुगेका तामाङ युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बिएस्सी बिजनेस म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत थिए ।
दुर्घटनाको अनुसन्धानकर्ता महानगरीय प्रहरी इन्स्पेक्टर मार्क ब्रथवेटले भने, “हाम्रो समवेदना युविनका परिवारसँग छ । यो क्षति अपूरणीय हो । तर अपराध स्वीकार्नु न्याय प्राप्तिको दिशामा एक महत्वपूर्ण कदम हो भन्ने हामी मान्छौँ ।”
बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले पनि दोषीले संलग्नता स्वीकार गर्नु पीडित परिवारका लागि न्यायको प्रक्रियामा महत्वपूर्ण भएको बताए । दूतावासले घटनापछि निरन्तर समन्वय गर्दै आएको उनले जानकारी दिए ।
यसबीच, अदालतले स्यामुयललाई आगामी माघ २९ ९फेब्रुअरी १२० मा सजाय सुनाउने जनाएको छ ।
प्रतिक्रिया