झापा : झापाको शिवसताक्षी नगरपालिकामा माईखोला र सरदारेखोलाको दोभानमा एक महिलाको शव पानीमा घोप्टो परेको अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा माईखोला र सरदारेखोलाको दोभानमा स्थानीय जिवनटोल बस्ने अन्दाजी ६२ वर्षिया बिमला माझीको शव फेला परेको प्रहरीले जनाएको हो ।
खोला घोप्टो परेको अवस्थामा महिलाको शव फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय झिलभिलेबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गएको र प्रारम्भिक अनुसन्धानपछि कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमका लागि आम्दा अस्पताल दमक पठाइएको र थप अनुसन्धान भई रहेको समेत प्रहरीले जनाएको छ ।
प्रतिक्रिया