महिलाहरुको नेतृत्व सफल हुने विश्वास

मंगलबार, २३ मंसिर २०८२
कार्यक्रममा सहभागी महिलाहरू

इलाम : सामाजिक संघ संस्था तथा राजनितिक दलमा नेतृत्व गर्न महिलामहरु सक्षम रहेको इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । सामुदायिक सुरक्षा जालो तथा महिलाबादी आन्दोलनको सुदृढीकरण विषयक सार्वजनिक कार्यक्रमका सहभागीले अवसर पाए महिलाहरुले समेत असल नेतृत्व गर्न सक्ने बताएका हुन् । 


स्थानीय महिलाहरू, सरोकारवालाहरू, समुदायका अगुवाहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा भएको कार्यक्रममा महिलाहरुको क्षमता विकासमा वडाले सहयोग गर्ने गरेको इलाम नरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोपाल चौहानले बताए । उनले विकास निर्माण तथा उपभोक्ता समिति निर्माणमा महिलाको सिट सुरक्षित गर्ने गरेको समेत जानकारी गराए ।


 
उक्त सार्वजनिक सुनुवाई भन्ज्याङ महिला समूहको आयोजनामा र टेवा नेपालको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय महिलाहरूको सामाजिक सुरक्षा, लैङ्गिक समानता, महिला हिंसा नियन्त्रण, सशक्तिकरण तथा अधिकार अभिवृद्धिमा समुदायको भूमिका सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । 


कार्यक्रममा सहभागी महिलाहरूले घरेलु हिंसा, सामाजिक विभेद, स्वास्थ्य सेवा, रोजगारी तथा शिक्षामा पहुँचजस्ता मुद्दाहरू उठाउँदै सरकारी निकाय र सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।


आयोजक भन्ज्याङ महिला समूहका पदाधिकारीका अनुसार सार्वजनिक सुनुवाईले स्थानीय तहमा नीति निर्माण, कार्यक्रम कार्यान्वयन र सेवा प्रवाहलाई अझ पारदर्शी र उत्तरदायी बनाउन मद्दत गर्नेमा जोड दिए । कार्यक्रममा वडाध्यक्ष चौहान राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र चौहान, नेकपा एमालेका शेरबहादुर खड्का इलाम नगरपालिकाका सूचना अधिकारी बबुल भक्तराज, स्वास्थ्य शाखाकी शान्ता खनाल लगायतले स्थानियको जिज्ञासाको उत्तर दिएका थिए । 
 सहयोगी संस्था टेवा नेपालकी कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठले महिलाको आत्मविश्वास वृद्धि, सामुदायिक पहल र लैङ्गिक न्याय सुनिश्चितताका लागि आगामी दिनहरूमा पनि निरन्तर कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । कार्यक्रमको अध्यक्षता भन्ज्याङ महिला समूहकी अध्यक्ष मिना पराजुलीको अध्यक्षतामा भएको थियो ।


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार