झापा गोल्डकप : आयोजक झापा–११ कठिन जितसंग सेमिफाइनल प्रवेश

सोमबार, २६ माघ २०८२

झापा । झापाको विर्तामोडमा जारी सातौं झापा गोल्डकप अन्तर्गत आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक झापा ११ ले सिङलिङ स्पोेर्टिङ क्लब सिक्किमलाई हराउदै पहिलो सेमिफाइन प्रवेश गरेको छ ।  

झापाको डोमालाल राजवंशी रंगशालामा भएको पहिलो क्वार्टर फाइनल खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसक्दा टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा झापा ११ ले ४–३ ले सिङलिङ स्पोेर्टिङ क्लब सिक्किमलाई पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरेको हो । 

 

निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापाले सिक्किमलाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको छ । 
टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्न सफल भए भने सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङको प्रहारले जाली चुम्यो । सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर विवेक मगरले बचाए भने दिपेश क्षेत्रीको प्रहार बाहिरिएको थियो ।

खेल अवधिभर झापाले विपक्षी सिङलिङ स्पोर्टिङ क्लबलाई दबाबमा राखेपनि गोल भने गर्न सकेको थिएन । झापाका आधा दर्जन प्रहार खेर गएको थियो । 
खेलको प्लेयर अफ द म्याच विजेता टिम झापा–११ का गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल पोखराबीच हुनेछ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार