‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल

मंगलबार, २३ मंसिर २०८२

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । 

‘जेनजी’ प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा आज साँझ नयाँ बानेश्वरमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उनले सहिदका सपनालाई साकार पार्नु सरकारको चुनावपछिको प्रमुख जिम्मेवारी र दायित्व रहेको बताए । 

मन्त्री अर्यालले सरकारले सहिद तथा घाइते परिवारलाई राज्यले सकेको सबै सुविधा र सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यसँग कुराकानी गर्दै उहाँहरूका गुनासा र चासोबारे जानकारी लिएका थिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार