मोरङमा शेखर र सुनिल एकल सिफारिस पर्दा अरू क्षेत्रमा को को परे ?

मंगलबार, २३ मंसिर २०८२

इटहरी : सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले मोरगंका सबै क्षेत्रबाट उमेद्वारको सिफारिस गरेको छ । जसअन्तर्गत मोरगं क्षेत्र नं. ६ मा डा. शेखर कोइराला एकल सिफारिसमा परेका छन् । 

यस्तै क्षेत्र नं. ३ मा पनि डा.सुनिल सर्मा पनि एकल रूपमै सिफारिसमा परेका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरगंका अन्य क्षेत्रमा भने उम्मेदवार एकल सिफारिस हुन सकेनन् । 

क्षेत्र नं. १ मा डिगबहादुर लिम्बु र खड्ग फागो सिफारिसमा पर्दा क्षेत्र नं. २ बाट डा.मिनेन्द्र रिजाल, शिवनारायण सिंह, नारायणी पण्डित सिफारिसमा परेका छन् । 

यसैगरि क्षेत्र नं. ४ बाट महेश आचार्य, गुरुराज घिमिरे, विनोद बस्नेत र दिलिप गच्छदार सिफारिसमा पर्दा ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फूलकुमार लालवानी, फैयाज रैन सिफारिसमा परेका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार