महामन्त्री थापाको चुनावी यात्रा: यी तीन जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस

बुधबार, २४ मंसिर २०८२

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा तीन जिल्लाबाट सिफारिस भएका छन्। उनी सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएका हुन्।

काँग्रेस केन्द्रीय कार्यालयले जिल्ला–जिल्लाका निर्वाचन क्षेत्रमा आपसी सहमतिमा २५ गतेसम्म नाम सिफारिस गर्न आग्रह गरेअनुसार अहिले धमाधम नाम सिफारिस भइरहेको छ।

सो क्रममा महामन्त्री थापाको नाम अहिलेसम्म तीन जिल्लाबाट सिफारिस भएको छ। उनलाई सर्लाही क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको हो। थापासँगै सर्लाही ४ बाट वीरेन्द्रप्रसाद सिंहको नाम पनि सिफारिस भएको छ।

धनकुटाबाट पनि उनी सिफारिसमा परेका छन्। जिल्ला कार्यसमितिको बैठकले थापाको नाम प्रत्यक्षतर्फ पहिलो नम्बरमा राखेर सिफारिस गरेको हो। दोस्रो नम्बरमा दिनेश राईको नाम रहेको छ। त्यस्तै हरिकुमार राई र मनोहर नारायण श्रेष्ठको नाम पनि प्रत्यक्ष उम्मेदवारतर्फ सिफारिस गरिएको छ।

महामन्त्री थापाको नाम रोल्पाबाट पनि सिफारिस भएको छ। रोल्पाबाट थापासँगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ।

थापाको आफ्नो क्षेत्र काठमाडौँ–४ को क्षेत्रीय समितिले भने बुधवार मात्रै सिफारिस गर्ने जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार