झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुनडाँगीमा हिंसक जंगली जनावर बाघले बाख्रा खोरमै पसेर २ वटा बाख्रा मारेको छ ।
स्थानीय बीरवहादुर राईको खोर भित्र बाधेका २ वटा गर्भवती बाख्रा मारेको स्थानीयलले जानकारी दिएका हुन । बाघले आइतवार रातको अन्दाजी ११ बजेको समयमा खोरमा पसेर बाख्रा मारेको जनाइएको छ । बाघले आक्रमण गरेका बाख्रा मारेपछि स्थानीय तत्रिस बन्न पुगेका छन।
प्रतिक्रिया