विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको रणनीति , संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफलका लागि विराटनगर आइपुगेका नेपाली काँग्रेसका सभापति गगनकुमार थापालाई विराटनगरमा भव्य स्वागत गरिएको छ ।
कोशी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने सोमबार विराटनगर आइपुगेका काँग्रेस सभापति थापालाई विमानस्थलमा पार्टीका नेता कार्यकर्ता तथा समर्थकहरुले स्वागत गरेका हुन।
थापालाई नेता–कार्यकर्ता, भातृ संगठनका प्रतिनिधि तथा समर्थकहरूले फूलमाला लगाएर सभापति थापा तथा नेपाली काँग्रेसका पक्षमा नारा लगाउदै स्वागत गरियो ।
विमानस्थलमा उपस्थित नेता कार्यकर्ता तथा समर्थकहरुसंग संक्षिप्त भेटघाटपछि थापा प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने कार्यक्रम स्थल तर्फ लागेका थिए । कार्यक्रमपछि सभापति थापा सर्लाही जाने कार्यक्रम रहेको समेत जनाइएको छ ।
प्रतिक्रिया