सुनसरी क्षेत्र नम्बर–१ मा एमालेले बनायो गोप्य प्रचार रणनीति

सोमबार, २६ माघ २०८२

धरान : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट आफ्ना सूर्यध्वजावाहक उम्मेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले गोप्य प्रचार रणनीति तयार गरेको छ। रणनीतिक योजनाहरू भने सार्वजनिक गरिएको छैन।

सोमबार साँझ बसेको प्रचार कमिटीको पहिलो बैठकमार्फत कमिटी विस्तार गर्दै प्रचार रणनीति तयार गरिएको हो।

बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको सूची (क्यालेन्डर) तयार पारेर सोही अनुसार प्रचारकार्य व्यवस्थित गर्ने रणनीतिक योजना प्रस्तुत गरेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचार संयोजक राईले रणनीति बनाइसकेको बताए पनि त्यसका विवरण अहिले सार्वजनिक गर्न नमिल्ने र परिणाममार्फत क्रमशः देखिँदै जाने बताए। उनले एमाले उम्मेदवार टिकाराम लिम्बूको जित कसैले रोक्न नसक्ने दाबी गरे।

बैठकमा उम्मेदवार टिकाराम लिम्बू सहभागी थिए। साथै नेकपा (एमाले) केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटी संयोजक मञ्जु भण्डारी, कोशी प्रदेशसभा सदस्य विजयकुमार राई र रमेश बस्नेत लगायतको उपस्थिति रहेको थियो।

प्रचार कमिटीका सदस्य र सचिवालयसमेत गोप्य राखिएको राईले जानकारी दिए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार