झापामा विवाह समारोहमा कुटाकुट हुँदा पाँचजना घाइते

नाँच्ने विषयले बढायो विवाद

बुधबार, २४ मंसिर २०८२
साङ्केतिक तस्बिर

झापा: झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा विवाह समारोहमा कुटाकुट भएको छ । नाच्ने विषयमा विवाद हुँदा कुटाकुट भएको हो ।  

हिजो (मंगलबार) राति धनबहादुर लिम्बूको घरमा जन्ती आएसँगै नाचगान  भएको थियो । सो क्रममा जन्ती र घरतर्फका सहभागीबिच वादविवाद चर्किँदै कुटपिटसम्म पुगेको प्रहरीले जनाएको छ। कुटपिटका कारण पाँच जना घाइते एका छन्  ।

घटनामा कनकाई–३ का १८ वर्षीय युकेश न्यौपाने (चिउँडोमा चोट), मनिष श्रेष्ठ (टाउको, चिउँडो र दाहिने हातमा चोट), प्रिन्स ठकुरी (भित्री चोट) र आदित्य चिमरिया (टाउकोमा चोट, अवस्था मध्यम) तथा कनकाई–२ का ३४ वर्षीय भीम राई (टाउकोमा चोट) घाइते भएका छन् । उनीहरूको प्राथमिक उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गा भइरहेको बताइएको छ । 

घटनाबारे इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार