इटहरी : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मङ्गलवार बिहान इटहरीमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सोमबार विराटनगर आइपुगेका थापा भोलि बिहान इटहरी आउने भएका हुन्।
नेपाली कांग्रेस इटहरी नगर सचिव विक्रम घिमिरेका अनुसार सभापति थापाले बिहान ८ बजे इटहरीको पश्चिम लाइनस्थित खेतिखोला नजिक कार्यकर्तासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।
कार्यकर्ता भेटघाटपछि भने थापा सोही दिन आफ्नो निर्वाचन क्षेत्र सर्लाही प्रस्थान गर्ने उनका सचिवालयले जनाएको छ।
प्रतिक्रिया