इटहरीका पत्रकार तारा पोखरेलको निधन

बुधबार, २४ मंसिर २०८२

इटहरी : सुनसरीको इटहरीका पत्रकार तारा पोखरेलको निधन भएको हो ।

२० दिन अघि स्वास्थ्य समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । पछि घरमै आराम गरिरहेका पोखरेलको इटहरी–५, बराह टोलस्थित आफ्नै घरमा निधन भएको हो।

२ दशकदेखी  सुनसरीमा रहेर पत्रकारीता गर्दै आएका अनुभवी तथा हक्की स्वभावका निडर पत्रकार पोखरेल भ्रष्टाचार विरोधी र निष्पक्ष लेखनका लागि परिचित थिए।

बराह साप्ताहिकबाट पत्रकारिताको यात्रा सुरु गरेका उनले पछिल्लो समयमा गणराज्य साप्ताहिकमा नियमित रूपमा लेख्दै आएका थिए।

पेटसम्बन्धी रोगबाट ग्रस्त रहेका पोखरेल परिवारमा दुई छोरा र एक छोरी छन्।

उनको अन्त्येष्टी आज (बुधबार) विहान १०:३० बजे इटहरीको बुढीगंगा घाटमा सम्पन्न गरिने परिवारले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार