धरान : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ ले ८ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को बैठकले आकाँक्षी नेताहरुको नामलाई सिफारिस गर्ने निर्णय अनुसार केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मा लगायतको नाम सिफारिस गरेको हो ।
काँग्रेस सुनसरी क्षेत्र नम्बर १ समितिको बैठकले आकांक्षी नेताहरुको नामलाई नेपाली वर्णानु क्रमका आधारमा क्रमवद्ध गरी सिफारिस गर्ने निर्णय अनुसार प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा , महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा ,क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ , केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मा , नेपाल महिला संघ जिल्ला सदस्य रुक्मिना गौतम , महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधी संदिप श्रेष्ठको नाम सिफारिस गरेको छ ।
त्यसैगरी बैठकले समानुपातिकतर्फ जिल्ला सदस्य अनुपमा सुनुवार, क्षेत्रीय सल्ल्लाहकार डा.आनन्द आचार्य, नेपाल महिला संघ केन्द्रीय सदस्य उर्मिला प्रधान, महासमिति सदस्य कृष्णकला मादने, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, कोशी प्रदेश सदस्य गोविन्द बस्नेत, क्षेत्रीय सल्लाहकार विश्वराज भण्डारी, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, क्षेत्रीय सल्लाहकार मिना पुलामी, नेपाल दलित संघ पूर्व केन्द्रीय सदस्य रामबहादुर परियार, महासमिति सदस्य श्यामा रेग्मी, महासमिति सदस्य सुवास राई र क्षेत्रीय सल्लाहकार सचित शर्माको नाम सिफारिस गरेको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पनि सुनसरी क्षेत्र नम्वर १ ले उम्मेदवारको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा सदस्यका लागि क्षेत्रीय सल्ल्लाहकार उमा वास्तोला, क्षेत्रीय सल्लाहकार काशीराम चौधरी, पूर्व जिल्ला सचिव गिरिराज आचार्य, नेपाल दलित संघ कोशी प्रदेश संयोजक गोविन्द दर्नाल, महासमिति सदस्य चन्द्रप्रसाद श्रेष्ठ, महासमिति सदस्य जगतबहादुर कार्की, क्षेत्रीय सल्लाहकार प्रेम प्रसाद पौडेल, पूर्व जिल्ला सचिव भिष्म काफ्लेले, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, क्षेत्रीय सल्लाहकार हर्ष सुब्बा, पूर्व जिल्ला सभापति हरिनाथ वास्तोला र पूर्व क्षेत्रीय सभापति हेमलाल सुब्बाको नाम सिफारिस गरेको छ ।
बैठकले अहिले प्रतिनिधिसभा सदस्य र राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस भएका नेताहरुले आगामी प्रदेशसभा सदस्य र स्थानीय तहको निर्वाचनमा उम्मेदवार दावी गर्न नपाउने समेत निर्णय गरेको छ । पार्टीमा योगदान गरेका नेताहरु वीचमा समान र न्यापपूर्ण अवसर प्रदानकालागि यस्तो निर्णय गरिएको बताईएको छ ।
बैठकले सिफारिसमा परेका नेताहरु वीच समझदारी कायम गराई सर्वसम्मत एकल नाम छनौटका लागि पहल गर्न कोशी प्रदेश सभा सदस्य समेत रहेकी काँग्रेस नेता ममता तामाङको संयोजकत्वमा , कोशी प्रदेश सदस्य सन्तोष वि.क., कोशी प्रदेश सदस्य किशोर राई, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ प्रदेशसभा १ तर्फका सभापति अनिल श्रेष्ठ, प्रदेशसभा २ का सभापति मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, बराहक्षेत्र नगर सभापति रमेश कार्की, रामधुनी नगर सभापति सुदिप अधिकारी, महासमिति सदस्य तिलक राई, महासमिति सदस्य पर्वतकमार राई, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई र धरानका संसदीय दल नेता नरेन्द्रकुमार राई(प्रविन) रहने गरी समिति वनाएको छ ।
त्यसैगरी विभिन्न कारणले पार्टी छाडी गएका साथीहरुलाई पार्टीमा फर्काउन तथा पार्टीप्रति असन्तुष्ट जनाएर निष्कृय रहेका साथीहरुलाई सकृय बनाउन पहल गर्ने र सोका लागि समेत समिति बनाउने पनि निर्णय पनि बैठकले गरेको छ ।
बैठकले नेपाली कांग्रेस सुनसरीका जिल्ला सदस्य युवा नेता विनोद घिमिरेको उपचारको क्रममा भारतको नयां दिल्लीमा असामयिक निधन भएकोमा दुःखव्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेता घिमिरेको निधनमा ३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने समेत निर्णय गरेको छ ।
प्रतिक्रिया