इलाम : ‘हाम्रो गोल, लागु औषध दुव्र्यसनी विरुद्धको बोल’ भन्ने नाराका साथ इलामको देउमाई नगरपालिकामा तेस्रो संस्करणको वडा स्तरीय तरुण कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल तरुण दल देउमाई नगर कार्य समितिको आयोजनामा आगामी पुष ६ बाट देउमाई नगर वडा स्तरीय तरुण कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
देउमाई नगरपालिका वडा नम्बर ४ मा रहेको भानुभक्त माविको छात्रावास खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिने नेपाल तरुण दल देउमाई नगर कार्य समितिका सभापति विमल खम्बुले जानकारी दिए । प्रतियोगिता अन्र्तगत दुइवटा सस्करण पुरा भई सकेको र आगामी सस्करणमा पुरस्कार रासी वढाउने लक्ष्य सहित प्रयोगिताको आयोजना गर्न लागेको समेत सभापति खम्बुले वताए ।
अघिल्लो संस्करणको प्रतियोगिताको विजेता टिमलाई नगद ५५ हजार पाँच सय ५५ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने उपविजेता टिमलाई नगद ३३ हजार तीन सय ३३ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएकोमा यस पटक भने पुरस्कार रासी बढाइने जनाइएको छ ।
नगरमा रहेका ९ वटै वडाले प्रतियोगितामा भाग लिने र फाइनल खेल पुष १२ गते हुने समेत जनाइएको छ ।
प्रतियोगितालाई सफल पार्न मेडिकल पाट्नरका रुपमा देउमाई नगरपालिकाको स्वास्थ्य शाखा जनाइएको छ भने प्रतियोगतालाई सफल वनाउन प्राविधिक सहयोग जिल्ला फुटवल संघ इलामको रहेको छ ।
अघिल्लो संस्करणमा सात लाख ७६ हजार खर्च भएको थियो । यस वर्ष पुरस्कार राशि समेत वृद्धि गरिएकाले प्रतियोगिता सम्पन्न गर्न अझ खर्च बढ्ने आयोजकले अनुमान गरेको छ ।
प्रतिक्रिया