काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्ने अवस्था नआउने ग्यारेन्टी नेपाली कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले भदौ २३ र २४ गते भएका घटनाको सन्दर्भ उठाउँदै आगामी निर्वाचनपछि सरकारद्वारा गोली चलाउने र अर्को पक्षबाट सिंहदरबार जलाउनेजस्ता घटना नदोहोरिने सुनिश्चितता कांग्रेसले गर्ने जिकिर गरे।
उनले कांग्रेसले युवा, बुढापाका सबै वर्गका नागरिकसँग संवाद गर्दै निर्वाचनपछि देश विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। देशलाई स्थायित्व र विकासको बाटोमा लैजान कांग्रेस नेतृत्व लिन तयार रहेको उनले बताए।
सभापति थापाले देश परिवर्तनका लागि आम नागरिकमा भरोसा जगाउनु नै कांग्रेसको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र समावेशी विकासमार्फत मुलुकलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसले लिने दाबी गरे।
प्रतिक्रिया