कोशी प्रदेशको हिमाली भागको एक–दुई स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना

सोमबार, २२ मंसिर २०८२

काठमाडौं :  कोशी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का बर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 


मौसम पूर्वानुमान महाशाखाले हाल सम्म  देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको कारण देशभर आंशिक बदली भईरहेको जनाएको हो । 

 महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसै गरी कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना समेत रहेको महाशाखाकाले जनाएको छ ।  


महाशाखाका अनुसार आज राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार