टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी

सोमबार, २२ मंसिर २०८२

भोजपुर:   स्थानीय कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न उद्धेश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले कोठमाडौंमा विशेष प्रर्दशनी आयोजना गरेको छ । 

टेम्केमैयुङ गाउँपालिका क्षेत्रमा उत्पादन भएका कृषि उपज , खाद्य तथा परम्परागत सामाग्रीहरु देश विदेशमा चिनाउने उद्धेश्इले काठमाडौंको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो ।


गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु, स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य राखेर प्रर्दशनीको आयोजना गरिएको हो । प्रर्दशनीमा फापरको पीठो, भटमासको किनिमा, मौरीको मह, कादोको पीठो, मकैको चामल, सुन्तला, किवी, एभोकाडो, स्थानीय चिया, अकबरे खुर्सानी, सिस्नोको फूललगायत गाउँपालिका क्षेत्रमा उत्पादन हुने पहिचानयुक्त उत्पादन प्रदर्शित गरिएको समेत अध्यक्ष बस्नेतले बताए । 


स्थानीय कृषकलाई बजारमा प्रत्यक्ष पहुँच दिने र टिकाउ उत्पादन प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रदर्शनीले महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस्ता उत्पादनको माग बढ्दै गएकाले गुणस्तरीय उत्पादनमार्फत कृषिमा आधारित समृद्धितर्फ गाउँपालिकालाई अघि बढाउन सकिने सम्भावना देखिएको गाउँपालिकाले जनाएको छ । 


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार