भोजपुरमा हर्क साम्पाङले भने,'सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक छ'

आइतबार, ०७ मंसिर २०८२
File Photo

भोजपुर : श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । 

स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राखे । देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उनले जोड दिएका छन् । 

“युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छाँै भन्ने बुझन आवश्यक छ”, अध्यक्ष साम्पाङले भनेका छन् । युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको बताए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार