राजीव खत्रिसहित पाँच उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

बुधबार, ०७ माघ २०८२

काठमाडौं : आगामी प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारविरुद्ध पाँच उजुरी परेको छ । निर्वाचन आयोगका स्रोतका अनुसार ती उजुरीहरू अहिले अध्ययनको प्रक्रियामा छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राजीव खत्री (रास्वपा) र जानुका पाठक (नेपाल जनसेवा पार्टी) विरुद्ध उजुरी परेको छ ।

त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी पनि चुनौतीपूर्ण बनेको छ । नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका रेशम चौधरी (नागरिक उन्मुक्ति पार्टी नेपाल) विरुद्ध पनि उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट लालबिक्रम थापा (रास्वपा) विरुद्ध पनि उजुरी परेको जनाइएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार