इटहरी : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान कोशी अञ्चलले मंसिर ७ गते(भोली) इटहरीमा ‘शान्तिपूर्ण’ आन्दोलन गर्ने घोषणा गरेको छ। दुर्गा प्रसाईको पक्राउपछि रिहाइको मागसहित अभियन्ताहरूले इटहरी बजारमै शक्ति प्रदर्शन गर्ने तयारी तीव्र पारेका हुन्।
शनिबार इटहरीमा गरिएको पत्रकार सम्मेलनमा नगर समितिका संयोजक सरोज तामाङले “सार्वजनिक यातायात व्यवसाय पूर्णरूपमा बन्द गर्न” आह्वान गर्दै इटहरीका नागरिक तथा व्यवसायीलाई आन्दोलनमा साथ दिन अपिल गरे।
त्यसैगरी कोशी अञ्चल अध्यक्ष सरोज सिंहले मंसिर ७ गते देशव्यापी शान्तिपूर्ण आम हडताल हुने दाबी गर्दै “भ्रष्टाचार, दलाली, जनता माथि परेका समस्याको अन्त्यका लागि अब निर्णायक आन्दोलन अपरिहार्य” रहेको टिप्पणी गरे।
मंसिर ७ को कार्यक्रमका लागि सबै तह–तहका पार्टी पदाधिकारीहरू तयारी अवस्थामा रहेको आयोजकको भनाइ छ।
प्रतिक्रिया